You are here
Home > About us

विद्यालयको ऐतिहासिक झलक

 

बर्दिया यस्तो जिल्ला हो जुन तराई र सुगम भएर पनि यसको पृष्ठभूमिलाई नियालेर हेर्दा दुर्गम र पिछडिएको राज्यको शिक्षाको उज्यालो शासनबाट ओझेलमा परेको कुरा यसको अतित ले पुष्टि गर्दछ । कुनै पनि समाजमा चेतना र जागृतकिो विहानी ल्याउन शिक्षा ले नै मेरुदण्ड को भूमिका खेलेको हुन्छ तसर्थ उक्त दृष्टिकोणलाई यस जिल्लामा उर्वर बनाउन गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो भन्ने महसुस गरी उक्त सन्दर्भलाई अगाडि बढाउन प्रतिस्पर्धाको माध्यमबाट युगिन शिक्षालाई मूर्तरुप दिनकालागि त्यही क्षेत्रमा सेवा गरिरहनु भएका साथीहरुको भावनालाई समेटेदै श्री दुर्गानाथ गौतमले सामूहिक नेतृत्व,व्यक्तिगत जिम्मेवारीकासाथ सामाजिक संस्थाको माध्यमबाट शिक्षाको ढोका खोल्ने प्रस्ताव ल्याउनु भो र त्यसमा स्व. श्री नारायण शर्मा, श्री नारायाण गौतम, श्री भेजेन्द्र वहादुर थापा, श्री भोलानाथ क्षेत्री, श्री चतुर्भुज शर्मा, श्री नन्दराज सुवेदी, श्री नन्दकिशोर गुप्ता, श्री नरेन्द्र कुमार शर्मा समाहित भई वि.स. २०५३ सालमा सनराइज नामको स्कुल दर्ता गराउनु भएको थियो ।
श्री दुर्गा नाथ गौतमको यो नयाँ सोचलाई साकार रुप दिने काम एल.आर.आइ. स्कुलका संस्थापक श्री शिवराज पन्त ज्यूले गर्नुभएको थियो । उहाँले यस स्कुलको संरक्षकत्व ग्रहण गर्दै विद्यालयको स्थापना काल देखि नै सहयोग र सद्भाव देखाउदै आउनु भएको छ।
वि.स. २०५३ सालमा स्थापना गरी त्यसैको फागुन महिनाको शुरुमा नै नर्सरी देखि कक्षा ३ सम्मका कक्षाहरु संचालन र समुद्घाटन एकै साथ भएको थियो । त्यस वखत यो विद्यालय तुलापुर चोक अगाडिको एउटा भावन भाडामा लिई संचालन गरिएको थियो । क्रमश ः अगाडि वढ्दै जाने क्रममा अभिभावकहरुको भावना अनुकुल यस स्कुललाई तुलापुरबाट सारेर गुलरिया बजार देखि उत्तर साइडमा सारियो अनि विस्तारै हरेक वर्ष कक्षाहरु क्रमिक रुपमा थपिदै गए । जिल्ला शिक्षा कार्यालयको अनुमति प्राप्त गर्दै २०६० सालमा आइपुग्दा यस विद्यालयको कक्षा १० सम्मको अनुमति र शिक्षा मन्त्रालय, शिक्षा विभागबाट शिक्षा नियमावली वमोजिम शैक्षिक गुठीबाट सञ्चालन हुने गरी स्वीकृति समेत प्राप्त गरेको छ । सोही वर्ष एस.एल.सी परीक्षामा सम्मिलित भई विशिष्ट अंकका साथ १००५ प्रथम श्रेणीमा नतिजा प्राप्तगर्न सफल भयो । आजसम्म एस. एल.सी.तथा एस.ईं.ई. परीक्षाको नतिजा यस प्रकारको छ |

 

S.L.C. Result 2060-2071

 

Year No.of students Distn. First 2nd % Remark
2060 8 1 7 100
2061 6 1 5 100 District Top
2062 13 1 12 100
2063 12 4 8 100
2064 12 12 100
2065 18 12 6 100 Mid western Top
2066 23 5 18 100
2067 22 1 18 3 100
2068 13 5 8 100 District Top
2069 26 7 19 100 Mid Western Top
2070 24 9 15 100
2071 18 4 14 100

 

SEE Batch from 2072 to 2073

Year No.of students A+ A B+ B C+ C    D
2072 27 4 17 6
2073 43 10 26 6 1

 

इस संस्थाले शैक्षिक गतिविधि मात्र नगरेर सामाजिक कार्यतर्फ पनि निम्नानुसार कार्य गरेको छ ।
१। यस संस्थाको तर्फबाट गु.न.पा.को दक्षिण भेगमा वडा नं. ११को सुरजपुरका सकुम्बासीहरुलाई २०५४ साल पुस महिनामा एल.आर.आइ.स्कुल कलकीका संस्थापक श्री शिवराज पन्त ज्यू को नेतृत्वमा आएको आन्तरिक पर्यटक वर्ष १९९८ को शुभअवसरमा उक्त वस्तीमा कपडा वितरण गरियो।
२. गु.न.पा.२ खैरी गाउँको बर्गदा भन्ने वस्तीको किनारको सडकमा रहेको चौतारी निर्माणमा सहयोग गरेको थियो ।
३. २०५५ सालको शैक्षिक सत्रमा पौष २७ गते एकता दिवसको सन्दर्भमा वर्दिया जिल्लामा प्रथम पटक शिक्षाको ढोका खोल्ने र आप्mनो जीवनलाई शिक्षा क्षेत्रम समपिर्तत गर्ने श्री म.क.दे.मा.वि. का तत्कालिन प्र.अ. श्री स्थानेश्वर शर्मालाई अभिनन्दन गरिएको छ । त्यस्तै शिक्षालाई सर्वोपरि ठानी स्व. जाहिल आल शैयदलाई मरणोपरान्त अभिनन्दन गरिएको थियो।
४. २०५५ साल फागुनमा गु.न.पा.८ टोलको पुर्वपट्टि वृक्षारोपण गरि चौतारी निर्माण र यस विद्यालयको भवनको शिलान्यास ग्यालेक्सी पब्लिक स्कुलको संस्थापक प्रिन्सिपल श्रीमती गीता राणाको करकमलबाट भएको थियो।
५.२०५६ सालको शैक्षिक सत्रमा पिछडिएको विभिन्न जनजाति र निमूखा मजदुर वर्गका सन्तानलाई निःशुल्क अध्ययन गराउन होस्टेहैसे नामक परोपकारी संस्थाकी अध्यक्ष श्रीमती शुलोचना श्रेष्ठ ज्यू को सहयोग मा १०० जना विभिन्न कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तक, अध्ययन सामाग्री सहित अध्यापन गराइको थियो । यसै क्रममा संस्थापक अध्यक्ष श्री गौतम ज्यू कै पहलमा पिछडिएको जातिका वालवालिकालाई छात्रवृत्ति दिई पठनपाठनमा सहयोग पु¥याउने श्री पाइलट दुर्गा पुन, पाइलट श्री जेमालीङ लामा ज्यूहरु पनि धन्यवादको पात्र हुनुहुन्छ ।
६. २०५६ सालको अन्त्यतिर भवन निर्माण कार्यको थालनी भयो जो संस्थापकहरुको थप लगानी गरी भवन निर्माण गर्दै जाने निर्णय भए अनुसार हालसम्म कोठे भवनको निर्माण कार्य सम्पन्न भयो

 

Top